हेलो….हेलो…….आवाज सुनियो ?

चार महिना पछि सेवा विस्तारमा फड्को मार्ने विश्वास
Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

पौष १९ मुगु । हिमाली जिल्ला मुगुमा वर्षा देखि सञ्चार क्षेत्र बाट प्रभावित हुदै आएका छन् । कर्णाली प्रदेशको दुर्गम मानिने मुगु जिल्लाको सदरमुकाम गमगडी बजार लगायत अधिकांश ग्रामिण क्षेत्रहरुमा नेपाल टेलिकमले गतिलो सँग काम नगर्दा यहाका सेवाग्राहीहरु मर्कामा परेका हुन ।

पछिल्लो समय हिउदे महिना सुरु भए पश्चात गतिलो सँग सम्पर्क नहुनु यदि सम्पर्क गरे पनि धौ , धौ ले सम्पर्क हुन्छ त्यहि पनि राम्रो सँग कुरा बुझिदैन , आद्दी कुरा हेलो…हेलो भन्दै बिच बाटौमै हराएर जानेको गरेको छ । यहाका स्थानीय सँग हातमा मोवाईल फोन छ , टावर पनि आउछ तर विडम्बना नेटवर्कले काम गर्देन । सदरमुकाम गमगढी बजारमा नेपाल टेलिकमको कार्यालय स्थापना भएको लामो समय बिति सक्दा पनि हाल सम्म कति पनि उकालो लाग्न सकेको छैन । टेलिकमले यहाका स्थानीय बासिको समस्या लाई मध्येनजर गर्दे टेलिकमले सञ्चार क्षेत्रमा पहुँच विस्तारको लागि गुणस्तरीय उपकरणहरु जडान गरि सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउँदै आएको टेलिकमले बताएको छ ।

यतिका सेवा प्रदान गर्दे आईरहदा पनि हाल भने उहि रहेको छ । यहाका स्थानीयको समस्या लाई ध्यानमा राखि टेलिकमले फोरजि सेवा बिस्तार गरे पनि झन टेन्सन भएको छ । पहिला २ जि हुदा केही मात्रा काम गरेको थियो हल्का आवाज पनि सुनिन्थ्यो , जब फोरजि सेवा विस्तार भए पछि झन थप समस्या बल्झिएको यहाका सरोकारवाला बताउछन् । जिल्ला भन्दा बाहिर रोजगारी , व्यापार , व्यावसाय , अध्यायन अध्यापन गर्न गएका आफ्ना आफन्त जनहरु लाई सम्पर्क गर्न खोज्यो नेटवर्कले काम नगर्दा उनिहरुको हाल खवर के छ कस्तो छ केहि बुझ्न नपाएको स्थानीय राम बहादुर बुढाले बताए ।

उनका अनुसार यति मात्र नभई पछिल्लो समय देशमा भईरहेको राजनितिक घटनाक्रमको केहि जानकारी लिन ईन्टरनेट खोल्यो त्यो पनि छैन , शिक्षा , स्वास्थ्य , खानेपानी , सञ्चार लगायत यावत विषयहरु जनताका आधारभुत आवश्यकता हुन यि कुराहरु नभए कसरी विकासमा फड्को मारेको भनेर सम्झिने उनले दुखेसो पोखे ।

यता नेपाल टेलिकम मुगु शाखाका कार्यालय प्रमुख विशाल देबकोटाका अनुसार यसको केही दिन अगाबै नेटवर्कमा समस्या देखिएको स्विकार्छन । ‘अहिलेको क्षमता पाँच सय एमबीपीइस छ, ट्राफिक सिफ्ट हुँदा यो समस्या देखिएको हो, यो समस्या समाधानको लागि प्रक्रिया अगाडि बढेको छ ।’ उनले भने,‘यसको क्षमता बढाएर दुई जीबी बनाउने योजनामा छौं, क्षमता बढाए पछि नेटवर्कमा देखिएका सबै समस्या हट्छ । साथै अब यसको तीन चार महिना पछि सदरमुकाम गमगढी बजार लगायत अन्य आसपासका स्थानहरुमा राम्रो सँग काम गर्ने गरि सेवा विस्तार गर्ने उनले प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस