बैतडीमा भूकम्पको धक्का

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, बैतडी । बैतडीमा आइतबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले बताउनु भयो ।

उहाँका अनुसार ३ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस