ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । डडेल्धुराबाट बझाङतर्फ गइरहेको बिनानम्बरको अनटेस्ट ट्याक्टर आज बिहान २ बजे बैतडीको सिगास गाउँपलिका- ९ बाजपानीमा दुर्घटना हुदा बझाङको बित्थडचिर गाउँपालिका वडा नं ४ का ४० वर्षीय जित बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै घाइते हुनेमा चालक समेत रहेका बझाङको बित्थडचिर गाउँपालिकाकै वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा, ट्याक्टरमा सवार बित्थडचिर वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा रहेको खोडपे प्रहरी चौकीले जनाएको छ ।

चालक नरेन्द्र महराका दुवै खुट्टा भाँचिएका छन् भने कृष्ण बोहराको खुट्टामा चोट लागेको हो । ट्याक्टर सडकबाट १ सय ७८ मिटर तल खसेको खोड्पे प्रहरीले चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस