कञ्चनपुरमा गोली चल्यो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । सोमबार बेलुका गोली चल्दा दोधार चाँदनी नगरपालिका-१ का स्थानीय नरेश सुनार घाइते हुनु भएको हो । उनको खुट्टामा गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोली भारतीय भूमिमा चलेको देखिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस