गमगढी बजारमा ६ घण्टा लोडसेडिङ, पठनपाठनमा विद्यार्थी लाई सास्ती

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

पौष २१ मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा दैनिक ६ घण्टा लोडसेडिङ भई रहेको छ । गतिलो सँग बत्ति नआउनु यदि बत्ति आए पनि झ्यापझुप तरिकाले आउने हुदा यतिबेला गमगढी बासीलाई समस्या भएको हो ।
यतिका घण्टा सम्म लोडसेडिङ हुदा यहाका नागरिक विद्युत सेवा बाट टाढा रहेको स्थानीयको कथन रहेको छ । बति आउछ तर आएपनि एक छिनमै आउने जाने गरेको बताईएको छ । करिब ९ महिनासम्म बन्द रहेका विद्यालयहरु बल्ल तल्ल खुले पछि पठनपाठनमा समस्या आएको विद्यार्थीले जनाएका छन् ।
अब यो थोरै समयमा परिक्षा पनि नजिक आउन थाल्यो कसरी पढ्ने, कसरी परिक्षा दिने बत्तिले पनि गतिलो सँग काम गर्दे यसले गर्दा थप चुनौति दिएको महाकाली माद्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा कामना साँवतले बताईन । उनका अनुसार बत्ति नआए पछि विद्यालयमा पढेका कुराहरुलाई घरमा एक पटक ुिन अध्यायन गर्न खोज्यो बत्ति नहुदा त्यो कुरा पनि विर्सि जाने उनले आफ्नो अनुभव सुनाईन । उनले भनिन् थप अध्यायन गर्नको लागि ट्युसन पढ्न जान्छु कक्षा कोठामा बत्ति हुदैन , मोवाईलको बत्ति बालेर अध्ययान गरेको जानकारी दिईन ।

प्रतिक्रिया दिनुहोस