पाकिस्तान सुपर लिगको ड्राफ्टमा सन्दिप

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौँ । नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् । उनी यसपटक प्लाटिनम वर्गमा परेका छन् ।

यो वर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन् । यसका साथै घरेलु क्रिकेटमा बाबर अजाम लगायतका चर्चित अनुहार यो श्रेणीमा परेका छन । पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिप सहित पाकिस्तान र अन्य देशका गरी कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ भने पीसीबीले जनवरी ९ मा खेलाडीहरुको लिलामी गराउने छ ।

सार्वजनिक गरिएको ड्राफ्टमा प्लेटीनीएम, डाईमण्ड, गोल्ड, सील्भर र ईमरजीङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन् । केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरि ६ फ्रेन्चाइज टोली छन् ।

प्रतिक्रिया दिनुहोस