जनकपुरमा नुहाउने क्रममा एकजनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार १६, धनुषा । जनकपुरको धनुषसागर पोखरीमा एक जनाको शव फेला परेको छ।  सो शवलाई प्रहरीले केहि बेरअघि पोखरीबाट शव निकालेको हो । पोखरीमा नुहाउन गएका ती व्यक्ति घण्टौंसम्म बाहिर ननीस्किएपछि प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेको थियो ।

जानकारी पाए लगत्तै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले करिब आधा घण्टापछि सो व्यक्तिको शव बाहिर निकालेका थिए। घटनाबारे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जनाए ।

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । यता पोष्टमार्टमका लागि शव जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ। सनाखतपछि मृतकबारे थप विवरण आउने सक्ने जिल्ला प्रहरी धनुषाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस