मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पुस २२, काठमाडौं । काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३-०२-००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङले मोटरसाइकल चोरी गरी डोर्‍याएर ल्याई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस