राष्ट्रिय जनमोर्चा दाङद्वारा सरकार बिरुद्ध घोराहीमा बिरोध प्रदर्शन

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

पुष २४, दाङ । राष्ट्रिय जनमोर्चाले आज दाङको घोराहीमा बृहत प्रदर्शन गरेको छ । सरकारका पछिल्ला कदम विरुद्ध जनमोर्चाले बृहत प्रदर्शन गरेको हो ।जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले सरकारका गतिविधीले गणतन्त्र, धर्मनिरपेक्ष र राष्ट्रियतामाथि नै खतरा भएको बताउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष केसीले जनमोर्चाले संघीयताको विरोध गर्दै आएको र वर्तमान समयमा पनि विरोध यथावत नै रहेको उल्लेख गर्दै संघीयता खारेजी गर्नुको विकल्प नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस