करेन्ट लागेर एक जनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, रौतहट। करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ । आफ्नै घरमा मोटर जडान गरेको कल धारामा नुहाउने क्रममा राजपुर नगरपालिका–८ बलुवा टोलका ४५ वर्षीय शेख मजारुलको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस