पौष २४ मुगु । हिमाली जिल्लाका छायानाथ रारा नगरपालिका र सोरु गाउपालिकाका एक सय ८० जना अपांगता भएका व्यक्तिले राहत पाएका छन् । सिबिएम नेपाल, आई.एन.एफ मुगुको आर्थिक सहयोग, अपांगता पुनस्थार्पना विकास केन्द्र डार्डो नेपाल मुगु र नगरपालिका गाउपालिकाको साझेदारीमा सोरु र नगरपालिका गरि जम्मा १ सय ८० जनाले राहत सामग्री पाएका हुन ।
राहत समाग्री प्राप्त गर्नेमा १ वर्ष देखि १६ वर्ष उमेर समुहका रहेको आई.एन एफ मुगुले जनाएको छ । कार्यालयका अनुसार यो हिमाली जिल्ला भएकाले पछिल्लो समय अत्याधिक रुपमा चिसो बढ्दै गईरहेको अवस्थामा र जाडो छल्नको लागि ८ प्रकारका न्यानो कपडा वितरण गरिएको जनाएको छ । राहत सामग्रीमा टोपि, थर्माकोट, हाईनेक, जकेट गर्मि महिनामा एक, जकेट जाडो समयमा दुई गरि तीन वटा प्रत्येक व्यक्ति लाई वितरण गरिएको छ भने मफलर र मोजा पनि वितरण गरिएको आई.एन.एफ मुगुका परियोजना संयोजक दलजित घर्तिले बताए । उनका अनुसार छायानाथ रारा नगरपालिकाका अपांगता भएका जम्मा ८० जना बालवालिका लाई न्यानो कपडा वितरण गरि जम्मा ८ लाख ४८ हजार ६ सय रकम बरावरको राहत वितरण
गरिएको घर्तिले जनाएका छन् । उनले भने छायानाथ रारा
नगरपालिकाका ५७ जना र सोरु गाउपालिका धैनाका ४३ जनालाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग गरिएको छ ।
जसमा प्रत्येक व्यक्ति लाई एक प्याक २५ केजि जिरा
मसिनो चामल, ४ चक्की हात धुने सावुन, दुई लिटर तेल,
५० वटा सर्जिकल माक्स , दुई केजि नुन, दुई लिटर तेल,
दुई केजि चिनि सहयोग गरिएको अध्यक्ष बुढाको भनाई
रहेको छ । कोभिड १९ बाट आर्यआर्जनमा कमि भएका र
रोजगारीको मुहार नभएका व्यक्ति लाई राहत सामग्री
सहयोग गरिएको आई.एन.एफ मुगुले जनाएको छ ।
विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले प्रभावित परेका अपांगता भएका व्यक्तिलाई थोरै भए पनि घाउमा मलम लागोस भन्ने
उद्देश्यले यि राहत सामग्री सहयोग गरिएकोे डार्डो नेपाल
मुगुका अध्यक्ष सक्क बहादुर बुढाले जानकारी दिनु भयो । संस्थाले यस अधिनै कोभिड १९ को समयमा विभिन्न स्थानमा स्वास्थ्य सामग्री सँगै राहत प्रदान गरेको थियो ।
राहत सामग्री लिन धौ धौ छायानाथ रारा नगरपालिका वडा नं ६ का अपांग रामभक्त बोहोरा उमेरले ७० पुगे । उनी अहिले दृष्टिविहिन व्यक्ति हुन । करिब ५ वर्षै सम्म रतन्धो रोग सँग लडीरहदा अन्तिममा उनी दृष्टि विहिन हुन पुगे । उनलाई भाग्य बस खाउ खाउ लाउ लाउ भन्ने उमेरमा उनको यो संसारको दिउसोमा पनि रात भयो । जिवनमा अनेकौ सपना देखेका बोहोरा लाई अहिले त्यो सपना सपनामै सिमित रह्यो । बोहोरा आफ्नो घरको डिल बाहेक अन्य ठाउमा आवतजावत गर्न पनि सक्दैनन । उनलाई कुनै पनि स्थानमा लैजान अन्य मानिसको सहयोग चाहिन्छ । उनलाई शुक्रवार सदरमुकाम गमगढी बजारमा रहेको एक गैरसरकारी संस्थाले अपौगता भएका व्यक्तिलाई राहत सामग्री प्रदान गर्ने भन्ने हल्ला उनको कान सम्म पुग्छ । त्यो शब्द सुन्न बित्तिकै उनको मनमा त्यो राहत वितरण गर्ने स्थानसम्म जान मन लाग्छ । तर विडम्बना उनी आफु बसेको ठाउबाट अर्को ठाउ सम्म जान सक्दैनन । राहत सामग्री लिन आएका दृष्टिविहिन
रामभक्तका भाई पुञ्च बहादुर बोहोरा आफ्नो दाईको राहत लिन बजारमा आए । उनले भने के गर्नु साब घर टाढा छ, दाई पनि आँखा दैख्दैनन् । दाई लाई यहा सँम्म ल्याउने मन त थियो । तर के गर्ने दाईलाई यहासम्म पुर्याउन रात पर्छ रामभक्तका भाई पुञ्चले भने । दाई उमेरले पनि बुढो भईसक्या , बाटो पनि टाढा छ , एक त
झन उनी दृष्टिविहिन हुनुहुन्छ ? यदि दाई लाई ल्याउ भने मलाई हिड्न गाह्रो दाईलाई पनि जान गाह्रो किन भने अहिले यतिका राहत सामग्री दिएका छन् । दाईलाई लिनु कि राहत लिने त्यहि समस्या लाई मध्येनजर गर्दे दाईलाई नल्याई म आएको हुँ । दाईले पाउने सबै राहत
सामग्री पाए । यति राहत समग्री प्रदान गरे पछि संस्था प्रति अपांगता भएका व्यक्ति खुसि भई धन्यवाद पनि प्रकट गरेका छन् ।