एसियाका असाध्यै सुन्दर १३ स्थानमध्ये घान्द्रुक पनि

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ५ मिनेट

भाद्र १५, काठमाडौं । एसिया विविधता भएको आश्चर्यजनक स्थान हो । पर्यटकहरुको नजरमा  रोमान्स, इतिहास र सुन्दरताका हिसाबले यो क्षेत्र मिश्रित पाइन्छ । यहाँ सीएनएनले तयार पारेको एसियाका १३ वटा चर्चित सहरको सूचीका बारेमा उल्लेख गरिएको छ ।

हनोइ– भियतनाम

हनोइ पुरानो सहर  हो । यसलाई युनेस्कोले सम्पदा सूचीमा पनि पारेको छ । भियतनामको केन्द्रीय भागमा रहेको हनोइ फोटोग्राफरहरुको लागि स्वर्ग बराबर छ ।  विभिन्न खानेकुरा र कलाका प्रेमीहरुका लागि पनि यो स्थान रमाइलो छ । युनेस्कोले यो स्थानलाई १९९९मा आफ्नो सम्पदा सूचीमा राखेको हो । यो पहिलाको फ्रेन्च कोलोनी हो ।

१७ औं शताब्दीदेखि नै यो स्थान व्यापारको केन्द्र मानिन्छ । यो स्थान साँगुरो गल्ली सहितको पुरानो सहर  हो । त्यहाँ रहेको बेलामा पपुलर खाद्यान्न बान्ह मि फुओङ खाना नबिर्सौँ । यसैगरी राइस रोल, ह्वाइट रोज डम्पिलङ, फ्रेस सी फुड पनि ख्याति प्राप्त छन् ।

युफिन– जापान

यो जापनाको ओइटामा रहेको एउटा सानो सहर  हो । यो क्युशु आइल्यान्डको दक्षिण पश्चिम भागमा पर्दछ । शान्त वातावरणका लागि यो सहर चर्चित छ । हट स्प्रिङ बाथ, टाइलका छाना भएका जापानी घर, प्राकृतिक दृश्य, माउन्ट युफु जस्ता कुरा यहाँ हेर्न सकिन्छ ।
वसन्त ऋतुमा चेरी फुलेको मनमोहक दृश्य देख्न पाइन्छ । यहाँ चिज कारखाना पनि लोकप्रिय छन् । यसैगरी कला अनुरागीका लागि यो सानो सहर मा २० वटा भन्दा बढी ग्यालरीहरु छन् ।

जर्ज टाउन– मलेशिया

मलेशियाको सहर पेनाङको राजधानी मानिने जर्ज टाउन संस्कृतिका हिसाबले निकै धनी छ ।  युनेस्कोेले यो क्षेत्रलाई सम्पदा सूचीमा राखेको छ । यहाँ बहुसांस्कृतिक प्रभाव रहेको मानिन्छ ।  यो स्थानको मलक्का स्ट्रेट व्यापारिक हबको रुपमा पनि चिनिन्छ । यहाँका सम्पदाहरु ५०० वर्ष पुराना छन् । यो क्षेत्रमा मलाया, चिनियाँ, भारतीय र युरोपियन संस्कृतिको संगम पाइन्छ ।

भिगन सहर–  फिलिपिन्स

भिगन सहर  सन् १५७२ मा स्पेनिसद्वारा स्थापना गरेको मानिन्छ ।  यो क्षेत्रमा स्पेनिश कोलोनियल अवधीको कला पाइन्छ ।  यो सहर  अहिले युनेस्कोको सम्पदा सूचीमा छ ।  यस स्थानमा सुन्दर बारोक्यु संरचना १६४१मा बनाएको मानिन्छ ।

लुआङ प्रबाङ– लाओस

यो लाओसको पहिलाको राजधानी सहर  हो । यो रंग भरिएका मन्दिर र नाटकीय प्राकृतिक  दृश्यका कारण ख्यातिप्राप्त छ । यसको केन्द्रबाट  खान नदी बगेको देखिन्छ ।  यो स्थान सिल्क रुटका लागि चर्चित स्थान हो । यो स्थान १८९०को दशकको अन्त्यमा फ्रेन्चहरुले लिएका थिए । यो स्थानलाई सन् १९९५ मा युनेस्कोले सम्पदा सूचीमा राखिएको छ । यसलाई देशकै संस्कृति र कलाको राजधानीका रुपमा चिनिन्छ ।

यहाँ विभिन्न ३० वटा सुन्दर मन्दिरहरु  छन् । जस मध्येको एउटा प्रख्यात वाट मनोरम पनि हो । जुन १३७२ मा निर्माण गरिएको थियो । नाइट मार्केट, रिभर बोट राइड्सलगायतका कारण पनि यो क्षेत्र चर्चित छ ।

कम्पोट– क्याम्बोडिया

नदीको दृश्य र मरिचको खेतीको लागि यो स्थान चर्चित छ ।  त्यहाँ फ्रेन्च कोलोनी ताकाका पसलहरु देख्न सकिन्छ । यहाँको कायाकिङ र बाइकिङ निकै रमाइलो मानिन्छ ।

कोटा गेडे– इण्डोनेसिया

कोटा गेडे भनेको तत्कालीन राजाको चिहान हो । यो सहर  १५ औं शताब्दीमा नै बनेको मानिन्छ ।  जहाँ माताराम सुल्तानेट बसेको मानिन्छ । युनेस्कोले यो क्षेत्रको प्रम्बनान मन्दिरलाई विश्व सम्पदा सूचीमा राखेको छ । यहाँ बोरोबुदुर मन्दिर पनि छ ।  जसलाई विश्वकै सबैभन्दा ठूलो बौद्ध मोनुमेन्टको रुपमा समेत चिनिन्छ ।

गल्ले–श्रीलंका

गल्ले युनेस्कोको सम्पदा सूचीमा छ र पर्यटकका लागि आकर्षक स्थानपनि हो । दक्षिण पूर्वी तटमा रहेको यो स्थान ऐतिहासिक मानिन्छ । यो क्षेत्रमा पोर्चुगिज, डच र बृटिशले शासन गरेका थिए ।

झोउझुआङ– चीन

ऐतिहासिक सहर झोउझुआङ चीनको प्राचीन सहर को रुपमा समेत चिनिन्छ । यसैगरी यसलाई वाटर टाउन समेत भनिन्छ ।  मिङ र क्विङ बंशको पालामा यो सहर  ९०० वर्षअघि बनाइएको मानिन्छ । यो स्थान चीनको प्राचीन सामग्री पाइने स्थानको रुपमा समेत चिनिन्छ ।

माउलिनोङ–भारत

यो स्थान भारतको मेघालयमा छ । यो स्थानको नाम एशियाको सबैभन्दा सफा गाउँका रुपमा समेत चिनिन्छ । यहाँ खसी परिवारहरु बस्ने गर्दछन् । यहाँ ८५ फूटको रुखको घर पनि  छ । त्यसको नजिकै वाटरफल पनि रहेको छ ।

घान्द्रुक– नेपाल

नेपालको घान्द्रुक क्षेत्रमा पुगेर पर्यटकहरुले हिमालयन माउन्टेन रेन्ज हेर्न सक्छन् ।  यो क्षेत्रलाई ढुंगाको गाउँको रुपमा समेत चिनिन्छ ।यो स्थान समुद्र सतहभन्दा करिब २ हजार  मिटर माथि रहेको छ । अन्नपूर्ण सर्किटको लागि यो प्रस्थान विन्दु हो ।  यहाँ गुरुङ संस्कृतिको अनुपम उदाहरण भेट्न सकिन्छ । यहाँ एउटा म्युजियम पनि  छ । त्यसले त्यहाँको साँस्कृतिक र ऐतिहासिक तथ्यबारेमा जानकारी दिन्छ ।

साइकुङ– हङकङ

यो क्षेत्र सी फुड रेष्टुरेन्टका लागि ख्यातीप्राप्त रहेको छ । नुन हालेको फ्राइ चिकेन समेत यहाँ निकै लोकप्रिय छ । यहाँ रमाइलो समुद्री तट पनि छ ।

फुकेट– थाइल्याण्ड

फुकेटमा चीन र पोर्चुगलका  सपहाउसहरु पाइन्छन् । समुद्री किनारको कारण अहिले यो स्थान चर्चित छ । यो स्थान १८ तथा १९ औं शताब्दीमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस