काठमाडौँ, २४ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित निकालेको छ ।
आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–२ ले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो ।
संकटाका लागि अजयी मार्टिनले दुई, लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे । यस्तै एपीएफका लागि नबिन लामा र आशिष लामाले एक एक गोल गरे ।
खेलमा संकटाका मार्टिन म्यान अफ दि म्याच चुनिए । जितसँगै संकटा ५ खेलबाट ७ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस