बाँके प्रहरीले ल्यायो भिडलाई नियन्त्रण गर्न पानीको फोहरा फाल्ने वाटर क्यानन

Khabar24Nepal Author Logo..
महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले पानीको फोहरा फाल्ने गाडी ल्याएको छ । सरकारले एउटा वाटर क्यानन् ट्रक उपलब्ध गराएको हो । देशको राजनीति गतिविधि अबस्था भिडभाड नियन्त्रणका लागि वाटर क्यानन्को प्रयोग गर्न सक्ने छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले सीसी क्यामरा जोडिएको अत्याधुनिक वाटर क्याननले प्रदर्शनका बेला निषेधित क्षेत्रहरु तोड्नेहरुलाई रोक्न सहज हुने छ । भिडलाई तीतरबितिर पार्न वाटर क्यानन्ले सहयोग गर्छ । बाँके प्रहरीसँग वाटर क्यानन् पहिलो पटक आएको हो । पछिल्लो समय देशको राजनीतिक अबस्था घटनाक्रमसँगै सडकमा प्रदर्शन हुन थालेपछि नेपाल सरकारले गृहमन्त्रालयले देशभर हाइअर्लटमा छ । ठाउँमा प्रदर्शन हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन वाटर क्यानन्को प्रयोग गर्न सकिने बाँके प्रहरी प्रमुख एसपी रानाको भनाइ छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न लाग्दा वाटर क्यानन्बाट पानीको फोहराले प्रदर्शनकारीमाथि प्रहार गरिन्छ ।

मिडियम र हाइलेभलबाट पानीको फोहरा फाल्न सकिने यो वाटर क्यानन्ले २५ देखि ३० को रेञ्जमा फोहरा प्रहार गर्छ । जस्का कारण भीड अघि बढ्न र नियन्त्रणमा सहज हुने बाँके एसपी रानाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस