प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
पौष २४, हेटौंडा ।  प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने निश्चित भएको छ ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले नाम र राजधानीका विषयमा निर्णय गरेसँगै अब प्रदेश तीनमा देखिएको विवाद समाधान भएको हो ।

नेकपाको सचिवालय बैठकको निर्देशनअनुसार नै संसदीय दलले पनि नाम र राजधानीबारे निर्णय गरेको नेकपा प्रदेश ३ का संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए । उनले केही फरक मतहरु आएपनि तिनलाई सुरक्षित गरेर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय भएको जानकारी दिए ।

प्रदेश सभाको बैठक आइतबार बस्ने सम्भावना रहेको छ । सोही बैठकमा प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव लैजाने तयारी गरेको छ । प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ । जसमध्ये ८० जना नेकपाका सांसद छन् । प्रदेशको नाम र राजधानी २ तिहाइले पारित गर्नुपर्छ ।

यसअघि नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस