मड्रिडमा लकडाउनको घोषणा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, एजेन्सी । स्पेनको राजधानी मड्रिड र आसपासका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ । कोरोना सङ्क्रमितको संख्या बढेपछि स्पेन सरकारले लकडाउनको घोषणा गरेको हो । नयाँ घोषणामा अब राजधानी मड्रिड र आसपासका नागरिक अति आवश्यक नपरि घर बाहिर निस्कन नपाउने उल्लेख छ ।

उनीहरु काम, किनमेल र डाक्टरसँग भेट्नको लागि भने बाहिर जान पाउनेछन् । यस्तै ६ जनाभन्दा धेरैलाई जम्मा हुन पनि रोक लगाइएको छ । तर मड्रिडको क्षत्रिय सरकारले भने कानुनी रुपमा लकडाउन मान्य नभएको बताएको बीबीसीले जनाएको छ ।

स्पेनमा अहिलेसम्म ७ लाख ४८ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र ३१ हजार ४ सय ११ जनाको भने ज्यान गएको जोन हप्किङस विश्व विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस