पौष २६, बारा । बारामा शनिबार राति गोली चलेको छ । निजगढ नगरपालिका–१३ स्थित भक्तलाल खोलाको बगरमा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको हो । इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले गोली आक्रमण गर्दा प्रतिकार स्वरुप प्रहरी टोलीले पनि ५ राउण्ड गोली फायर गरेको बताइएको छ ।
घटनाका क्रममा तस्कर समूहका एक जनालाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–६ का ४७ वर्षीय ईमानसिंह तामाङ छन् । घटनास्थलबाट १०२ किलो अवैध लागू औषध गाँजा र तामाङको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस