भोलि सार्वजनिक बिदा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, गोरखा। गोरखा नगरपालिकाले भोलि भोलि सार्वजनिक बिदा(पुस २७ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गोरखा जिल्लाको गोरखा नगरपालिकाले नेपाली एकीकरण गरेका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको १९९औँ जन्मजयन्तीको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गोरखा नगरपालिकाका सूचना अधिकारी चेतप्रसाद अंगाईका अनुसार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएर पृथ्वीजयन्तीलाई उत्सवका रुपमा मनाउन लागिएको हो । पृथ्वीजयन्ती मनाउनका लागि कार्यक्रमसमेत तय गरिएको छ ।

आज २६ गते नगर क्षेत्रभित्र सरसफाई, २७ गते दौड र पृथ्वी जयन्ती विशेष कार्यक्रम र २८ गतेका दिन वतृत्वकला लगायतका कार्यक्रम संचालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस