ल्होसारको दिनमा मुगुम कार्मारोङ्ग गाउपालिकाले सार्वजानिक विदा दिने

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

पौष २६ मुगु । हिमाली जिल्ला मुगुमा एक नगरपालीका सहित तिन गाउँपालीका छन । त्यस मध्ये एक गाउँपालिका मुगुम कार्मारोङ्ग गाउँपालीकामा अधिकांस भोटे लामा समुदायको बाहुल्यता रहेको छ । मुगुम कार्मारोङ्गंं गाउँपालीकाका ९ वटा वडा मध्यै ८ वडा वडामा अधिकांस भोटे जनजाती समुदाय अन्तरगतका लामा ,तामाङ्ग ,ग्राहा लगायतका समुदाय बसोबास गर्दछन ।

यति बेला मुगुम कार्मारोङ्ग गाउँपालीकाका भोटे बस्तीहरुमा ल्होसारको चहल पहल बढ्न थालेको छ । साना बालबालीका देखि बृद्ध बृद्धा सम्म ल्होसारको तयारीमा जुटेका छन् । हिन्दुहरुको महान पर्व दशै तिहार जस्ता महान चाडहरु मध्ये बौद्ध धर्मालम्बिहरुको महान चाड ल्होसार पनि एक हो । यसै पर्व लाई मध्ये नजर गर्दे मुगुम कार्मारोङ्ग गाउपालिकाले महान पर्वको दिनमा सार्वजानिक विदा दिने भएको छ ।

गाउपालिकाले एक सुचना जारी गर्दे पुष २० गते गरेको निर्णय अनुसार २९ पुष र माघ २ गते दुई दिन सार्वजानिक विदा दिने निर्णय गरेको मुगुम कार्मारोङ्ग गाउपालिकाले जनाएको छ । गाउपालिकाका अनुसार यो महान चाड ल्होसारको अवसरमा गाउपालिका भित्रका स्वास्थ्य संस्था लगायतका अत्यावश्यक तथा आकस्मिक सेवा बाहेकका अन्य शिक्षण संस्था तथा गाउपालिका अन्तर्गतका कार्यालयहरुमा दुई दिन सम्म सार्वजानिक विदा दिईएको मुगुम कार्मारोङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज कठायतले जानकारी दिए । उनका अनुसार यो पर्व बौद्ध धर्मालम्बिहरुको महान पर्व हो , उनले भने जसरी हिन्दु परम्परा अनुसार एक आपसमा सुःख दुःखका बेदनाहरु साटासाट गर्छन त्यसरी नै यिनिहरुको सुःख दुःख साटासाट गर्ने प्रचलन रहेको छ । ल्होसारको अबसरमा सबै जना रमाईलो गर्ने नाच गान गर्ने मिठा मिठा परिकार बनाई खाने चलन छ ।

ल्होसारमा लामा समुदायले एक आपसका सद्धाव प्र्रेम , साटा साट् गर्ने,आफन्त छोरी ज्वाई,भान्ज भान्जी,फुपु फुवाजुलाई घरमा बोलाई मिठा परिकार खुवाउने र आफु पनी आफन्तको घरमा पाहुन जाने चलन रहेको मुगुमकामरोगंं गाउँपालीकामा वडा नं २ का ५७ बर्षिय च्वाया लामाङ्गले बताए । यसै बिच हिमाली भेगमा पर्ने साविक कर्णालीका ५ जिल्लाहरु जुम्ला डोल्पा,,हुम्ला ,कालीकोट र मुगु जिल्लामा बसोबास गर्ने लामा समुदायमा ल्होसार हिन्दुहरुले मनाउने दशै पर्व झै धुमधामका साथ मनाउने गर्दछन ।

 

प्रतिक्रिया दिनुहोस