प्रधानमन्त्री ओलीको प्रश्न : निर्वाचन भन्नेबित्तिकै किन सातो जान्छ ? (भिडीयो सहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुष २६, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने भन्नेबित्तिकै धेरैको सातो गएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले अब चुनाव घोषणा भएको र मैदानमा आउन सबै दललाई आग्रह गरेका छन् । उनले भने , “रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् । निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?”

प्रधानमन्त्री ओलीले सरकारलाई काम नै गर्न नदिइको जिकिर गरेका छन । उनले भने, “सरकारलाई काम नै गर्न दिइएन, प्रतिनिधिसभाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्नुपर्ने थियो । नेपाली जनताले दिएको अभिभारा पूरा गर्नुपर्ने थियो । त्यो हुन सकेन । ६९६ महिनामा सरकार फेरिने अवस्था सिर्जना गर्न खोजियो,” प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा मात्रै २८० वटा बैठक बसेको र यो अवस्था आइलागेको बताए । उनले मुलुक निर्वाचनतर्फ अघि बढेको पनि बताए । प्रधानमन्त्री ओलीले संसद्‌मा रहेको बहुमतलाई खण्डित गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । उनले प्रतिनिधिसभा नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकल बहुमतलाई खण्डित गर्ने षड्यन्त्र सुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।

‘‘मैले धेरै प्रयास गरें, भरसक पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो, सरकार परिवर्तन भइरहने अवस्थालाई स्थायित्व र स्थिरता भनिँदैन,’’ ओलीले भने, ‘‘तर केही पनि काम हुन दिइएन । गत असारदेखि पुस ४ गतेसम्म सरकारलाई कमजोर पार्ने मात्र २८० वटा बैठक भएछन् ।’’

भिडीयो

प्रतिक्रिया दिनुहोस