बिगत र वर्तमान राजनीतिक परिवेससँगै नेकपाको भविश्य !

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ५ मिनेट

भर्खर भर्खर प्रजातन्त्र प्राप्तिपछिको संसदिय चुनावमा गीरीजाप्रसाद कोइरालाले कृश्नप्रसाद भट्टराईको अनुहार देखाएर चुनाब लडे र पछि गीरीजाले उनलाई छिर्के हाने, उनलाई अपदस्त गरियो। उनको सालिन राजनैतिक जीवन र ब्यक्तित्वमाथि नै बिस्वासघात भयो अनि उनले यस्तो फोहोरी राजनीति गर्नुभन्दा राजनीतिबाट सन्यास लिन राम्रो सम्झी अन्तिम घडीमा सदाकोलागि राजनीतिक जीवनको अन्त्य गरे ।

मनमोहन अधिकारीलाई पनि अप्रत्यक्षरुपमा आफ्नैले पार्टीको बहुमतको सरकार हुँदा आइसियुको बेडमा रहदासमेत सुख नपाएर सत्ताको हतारोमा राजिनामा दिन बाध्य बनाइएको थियो । त्यस्तै काङ्रेसको हस्तीको रुपमा चिनिने गणेसमान सिंहले राणा शासन बिरुद्दको आन्दोलनमा लखेटिदै जाँदा अरु सबै बाठा टाठा लुकिछिपी भाग्न सफल भए तर उनी पनि ज्यान बचाउने हेतुले भाग्दै गर्दा ठोरीको जङलमा पक्डेर निर्मम तरिकाले यातना दिइयो र अब त मर्यो भनेर छोडेर आएपछि भाग्यबश उनी बांचे र राजनीतिक जीवनमा नेपाली काङ्रेस पार्टीको उथ्थानको लागि उनको योगदान अतुलनिय हुँदा हुँदै जीवनको उत्तरार्दमा पार्टीको आन्तरिक कलहको कारणले सन्यास लिन बाध्य बनाइयो । तसर्थ बिगतका दिनहरुमा निष्ठा र आस्थाको राजनीतिक लाइन लिने नेताहरुको राजनीतिक जीवन अन्तमा माटाको मड्किलोमा मिलाइएको तथ्य इतिहासले बताउदै गर्दा मदन भन्डारीको मृत्यु पनि सायद कसैको स्वार्थको लागि अगाडि तेर्सिएको हुनसक्थ्यो ।

त्यस्तै जीवनभरी न सम्पती, न त घर परिवार, सधै देस र जनताको लागि समर्पित अर्का ब्यक्ति सुशिल कोइरालाको अबसान पनि बढो रहस्यमय तरिकाले भएको सुनिएको थियो । त्यस्तै गणतन्त्र प्राप्तिपश्चात भएको तीनै तहको चुनावमा पनि नेकपाका नेता तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीको बिगतको रास्टृयताको साख हेरी चुनावमा मतदान गर्न जनतालाई राजी बनाइयो र नेकपाले झन्डै दुइ तिहाई बहुमतको सरकार चलाउदै आयो । वर्तमान अबस्थामा शुरुका दिनदेखि विभिन्न सहयोद्दाहरुलगाएत आफ्नै पूर्व एमालेका सहपाठीहरु ुजो कयौं वर्ष पार्टी ह्यन्डेलिङ गरीसकेका र देशको कार्यकारी प्रमूख पनि भइसकेका थिए ु ले आफ्नै पार्टीको सरकारले गरेका राम्रा पक्षलाई कहिलै समर्थन गरेनन तर प्रमूख प्रतिपक्ष भन्दा अझ बढी सशक्तरुपमा प्रतिवाद गरी चाहिदा या नचाहिदा आरोप प्रत्यारोपहरु लगाएर पार्टी भित्र आन्तरिक समाधानको बाटो हुँदाहुँदै रास्ट्रीयस्तरमा ल्याइयो । दिनहुंजसो पद छोड, पद छोड मात्र भनिरहे ।

देश कोभिडले थला परिराखेको समयमा उनीहरु भने सत्ता र पदकोलागि अनेकपटक कोठे बैठक राख्दै टिका लगाइएका बहुमतधारी केन्द्रीय सदस्यहरुको हुर्मत देखाइरहने , न आफु काम गर्ने , न त सरकारलाई काम गर्न दिने वातावरण सृजना गर्ने, पार्टीको संगठनात्मक गतिबिधि ठप्प पार्दै अनेक गुट र उपगुट बनाई सरकारलाई कमजोर बनाउने, कुर्ची हत्याउन बिदेशी प्रभूहरुको शरणमा जान पनि पछि नपर्ने आदि इत्यादि कारणले वाक्क दिक्क भई प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व प्रतिकृयाबादी बिदेशी दलालको हातमा सुम्म्पिनुभन्दा त जनताले दिएको नासो जनताकै हातमा पूनस् दिएर सक्षम ब्यक्तिहरुको परिक्षण र पहिचान गरौ भन्ने हेतुले प्रतिनिधिसभा बिघटन गरी आगामी बैशाखमा चुनाबको मिति घोषणा गरेका हुन ।

अहिले देश संकटको घडीमा छ । संकट निम्त्याउने अरु कोहिले केहि हिस्सा लिएपनि सत्तापक्षका प्रत्यक्ष या अप्रत्यक्षरुपमा आफ्नै घर भित्रका नै बढी जिम्मेवारी देखिन्छन । नेपालको इतिहासमा कम्युनिस्ट सरकारको दुइ तिहाई जनमतको सरकार बन्दा विश्व चकित थियो । तर पार्टीका केहि कुलङ्घार तत्वहरु भने सिद्दान्त र निश्ठाको लडाई भन्दा पनि पद र कुर्ची मोहको सपना देखेर बाघले गरेको शिकारमा ब्वांसोले र्याल काढेजस्तो काढिरहनुले पनि जनताको नजरमा कुनचाही नेकपा ठीक भन्ने अधिकार सायद उनीहरुमा सुरक्षित रहने नै छ र आधिकारीक निकायहरुले टुङोमा पुर्याउने नै छन ।

तर, बालुवाटारमा दिनहुँजसो नेकपाका शिर्ष नेताहरु जाने , कोहि प्रधानमन्त्री माग्ने, कोहि अध्यक्ष त कोहि राष्ट्रपति । दोश्रोस्तरका नेताहरु जाने मन्त्री माग्ने, कोहि जनताद्वारा तीरष्कृत भएकाहरु पनि टिके सांसद माग्ने, तर रास्ट्रीय सवाल र जनजीविकाका प्रश्नमा भने न सरकारलाई सहयोग गर्ने, न त आफ्नो भिजन अगाडि सार्ने । यस्ता केहि स्वार्थी लुच्चाहरुले केहि समय धैर्य गर्न नसकेर जनताले दिएको नाशो केहि समय अगावै जनतालाई नै सुम्म्पिने वातावरण सृजना भयो भन्ने प्रधानमन्त्रीको आशयलाई जनताले पनि सकारात्मकरुपमा लिएको देखियो । ती स्वार्थी गुटलाई जनताले सबक सिकाउने नै छन् । समय बलवान छ । घमन्डको प्रक्षेपण जोसुकैले गरेपनि एकदिन यदुवंशीको जस्तै नाश हुने समय अबश्य आउनेछ । आखिर बैशाखीको सहारामा उभिएको राजनीति कति दिन टिक्ला र रु ५० सालसम्म दुनियाले नचिन्ने माधव नेपाल पहिलो पटक जननेता मदन भन्डारीको मृत्युपछि टीके महासचिव भए ।

यी पछिल्लो पटक केपी ओली अबसान हुने र फेरी अध्यक्ष बन्छु भनेर मुख मिठ्याउँदै हिड्दा ओलीको सेतो जुँगा कालो हुँदै गरेको देखेर बहुलाउदै हिडेका छन । मरेकी सतिदेवी जाग्छिन कि भन्दै महादेवले काँधमा बोकेर हिडे झै आशा गरेका भएपनि सबै आशा निराशामा परिणत भएर नै होला बिगतका केहि कर्तुत सम्झेर खोपाको श्याउ चर्पीको हाउजस्तै तर्सिएर सडकको कुनै छेउमा गई आफ्नो परिचय दिइरहेका छन : “हामी यहाँ छौं !”

भित्रका त बैमनश्यको भूमरीमा अल्झिए, अस्वभाविक हो । तर बाहिरकाको सोचाइमा अर्काको मौरीको घारमा पल्केको कालो अरिङाल एकदिन आफ्नो गुडमा पनि आउनेछ भन्ने कुराको हेक्का नराख्दा उनीहरुलाई पनि समयले चिनाउने छ । तैपनि यो नेकपाको घर भित्रको झगडाले झन सशक्त बनेका छन । उनीहरुलाई त अब पाडो पाए नि पाडी पाए नि ब्याउती भनेजस्तो भएको छ । अब हेर्दै जाँदा नेकपाको भविश्य कतातिर मोडिने हो , अन्यौलमा नै छ । यदि अझै स्वयंमता अप्ननाएर दुबै पक्ष केहि लचकतामा हिड्न सके र सत्ताको भागबन्डा र गुटबन्दीबाट टाढा रही एक अर्कामा आरोप प्रत्यारोपको बिष बृक्षको कटाक्ष नराखेमा मिलनको बिन्दु पहिलिएला । अन्यथा एउटा जङलमा दुइटा सिंहको प्रबृति देखाउने हो भने एकदिन चतुर श्यालहरुद्वारा पनि पराजित हुने अबस्था नआउला भन्न सकिन्न ! यसैमा नेकपाको भविश्य अडिएको छ ।

प्रतिक्रिया दिनुहोस