थबाङ गाउँपालिका ३ मिरुलमान्यानो कपडा तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुष २७, रोल्पा । थबाङ गाउँपालिका वडा ३ मिरुलको टुटुमा १० जनाअसहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग, थबाङ गाउँपालिकाको आयोजनामा न्यानो कपडा र खाद्यान्न वितरण गरिएको हो ।

वडा नं ३ का वडा अध्यक्ष भिम बहादुर रोकाको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको संयोजक सुनिता घर्ती, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिस समिती सदस्य हितबहादुर रोका,जुनसरी रोको, वडा सचीवचन्द्र ज्योति सुवेदी लगायतको उपस्थिति रहेको थियो । जुनसरी रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमा रोजगार कार्यक्रम सिफारीस समिती सदस्य हितबहादुर रोका, वडा सचिव चन्द्रज्योती सुवेदी र गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकाले मन्तव्य राख्नु भएको थियो । कार्र्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रोकाले भन्नुभयो गाउँपालिकाले दिएको यो राहत धेरै ठुलो त नहोला तर हामीलेअसहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई थोरै भएपनितपाईहरुको लागी छुट्याएका छौ, यस मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमफार्मत हामीले सहयोग गर्न पाउदाखुशीभएको छौ ।

आगामी दिनमा पनि असहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धा समेत जनाउनु भयो । न्यानो कपडा तथा खाद्यान्न वितरण कार्यक्रमको सहजिकरण मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको संयोजक सुनिता घर्तीले गर्नु भएको थियो । थबाङ गाउँपालिका वडा ४ र ५ उवाका २० जना, वडा नं १ र २ का असहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ भने प्रत्येक वडाबाट १० जनाकादरले ५० जनालाई प्रतीव्यक्ति १ वटा फाइबर सिरक र २५ के जीको चामलवितरण हुने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संयोजक सुनिता घर्तीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस