आजको मौसम: तराई भू-भागका धरै जसो स्थानहरुमा हुस्सु र कुहिरो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ का केहि भू९भागमा आंशिक बदली रहेको छ। अहिले देशका तराई भ-भागका धरै जसो स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू९भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको छ भने बाँकि अन्य भू९भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले देशको विभिन्न भू९भागमा बिहानको न्युनतम तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू९भागमा बिहानको समयमा हुस्सु र कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस