सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम कार्यान्वयन सम्वन्धी रिटमा आज अन्तिम सुनुवाई गर्दै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम कार्यान्वयन सम्वन्धी रिटमा आज अन्तिम सुनुवाई गर्दै छ । न्यायाधिश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको २० गतेको इजलासले आजको लागी अन्तिम सुनुवाइमा पठाउने आदेश गरेको होे ।

नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु भएपछि पुरानो पाठ्यक्रम कार्यान्वयन नगर्न आदेश माग गर्दै भगवता अर्यालसमेतले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो । शिक्षा मन्त्रालयले यसै शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्न निर्देशन दिएसँगै गत असोज २८ गते रिट परेदेखि हालसम्म उक्त मुद्दालाई सर्वोच्चले ६ पटक सारिसकेको छ । शैक्षिक सत्र सुरु भएको पाँच महिना बितिसक्दा पनि नयाँ पाठ्यक्रम पढ्ने कि पुरानो पढ्ने भन्ने विषयको टुङ्गो लाग्न सकेको छैन ।

यसरी लामो समयसम्म पनि सम्बन्धित निकायले ठोस निर्णय दिन नसक्दा शैक्षिकसत्र जोखिममा पर्न सक्ने विज्ञहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस