पुष २७, झापा। झापाको कन्काई नगरपालिका-७ दुर्गापुर चोकमा आइतबार साँझ मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। मोटरसाइकलमा सवार दुई जना गम्भीर भएका छन्।
मृत्यु हुनेमा दोलखा कालिञ्चोक-८ का खेन्द्र शिवाकोटी रहेका छन्। उपचारका क्रममा बी एण्ड सी अस्पताल विर्तामोडमा उनको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक विर्तामोड नगरपालिका-५ का किरण थापा र मोटरसाइकलमा पछाडि सवार विर्तामोड-७ का प्रवेश महमदको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस