पौष २७, सुनसरी । धरान–१७ स्थित फोकल्याण्ड टापुमा आफ्नै हजुरबुबाबाट नातिनी बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार ६१ वर्षीय पुरुषले ११ वर्षीय आफ्नै छोरी तर्फको नातिनीलाई घरमा कोही नभएको मौका छोपेर जबरजस्ती गरेका हुन ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीका अनुसार पीडित बालिकाले जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएपछि निजलाई पक्राउ गरी आइतबार सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ । नातिनीलाई विभिन्न डर धम्कीपूर्ण व्यवहार देखाउँदै यौन शोषण गर्ने गरेको र बालिकामा फरक व्यवहार देखिएपछि घटनाको रहस्य बाहिरीएको हो ।
प्रतिक्रिया दिनुहोस