मुगुमा बाजागाजा सहित घन्कियो, १० वर्षे ओलिलाई

उपमेयर, गाउपालिका अध्यक्ष, वडा अध्यक्ष पनि आए
Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

पौष २७ मुगु । हिमाली जिल्ला मुगुमा बिसाल जुलुस निकालिएको छ । विभाजित नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सर्मथकले मुगुमा नारा बाजि सहित बाजा गाजा गरि जुलुस निकालेका हुन् ।


जुलुसमा नारामा ओली समर्थकले केपी ओली रेलमा , भ्रष्टाचारी जेलमा , आजलाई होइन भोलिलाई , १० वर्ष ओलीलाई’ प्रचण्ड तिम्रो पाराले जनता बिगारे साराले जस्ता लगायतका नारा लगाएका थिए । वृहत भेलामा बोल्दै संघिय संसदका माननीय तथा नेकपा मुगु जिल्ला पार्टी ईन्चार्ज मोहन बानियाका अनुसार नेपाल कम्युनिष्ठ पार्टी भित्रका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका पार्टी भित्रका नेताहरुले यो दुई तिहाईको सरकार लाई बारम्बार पार्टी सञ्चालनमा गर्न बाधा पुर्याएको उनको आरोप रहेको छ । पार्टी भित्रै भाँड भैलो गर्ने गुट बन्धिको राजनिति सञ्चालन गर्ने गरेको उनको तर्क रहेको छ ।


उनले थपे नेपाली जनता लाई विभिन्न प्रकारका लाञ्छना , झुक्याउने , रणभुमि बनाएको बताए । बानियका अनुसार प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको संवैधानिक कदम सहि भएको बताए । वृहत भेलामा जिल्लाका नगरपालिका सहित गाउपालिकाका जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।


सभालाई सम्बोधन गर्दै नेकपा मुगुका नेता डम्बर रावलका अनुसार पछिल्लो समय नेकपाका प्रचण्ड माधव नेपाल समुहहरु ब्वाँसो भएर भित्रिन थालेको उनले अडान राख्नु भएको छ । यिनिहरुले गर्दा प्रधानमन्त्री ओलि लाई बाध्य भएर संसद विघटन गर्न लाएको बताए । उनले भने जनता सुखी र समृद्ध हुन्छन भन्ने डाहा र रिसले प्रचन्ड-नेपालले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याएका र ताजा जनादेशका लागी प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटनको निर्णय लिएका दावी गरे ।


उनले भने नेकपा फुटेको भन्दै जनतामा चिन्ता र चासो भएको छ । पार्टी कानूनी रूपमा विभाजन भएको छैन । केही व्यक्तिहरू बाहिर मात्र गएका हुन्, एक दिन प्रचन्ड(माधव नेपाल पनि केपी ओलीको साथमा आउने नेता रावलको भनाई रहेको छ । भेलामा विधान समितिका सभापित दान सिहं परियार , केन्द्रिय सदस्य उब्जन शाही , सोनाम लामा , जिल्ला समन्वय समिमिका प्रमुख , पुर्ण बहादुर रोकाया , लगायतका नेताले सहभागिता भई तर्क राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस