पौष २८, कैलाली। थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पौष २९, माघ १ र २ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
जारी सूचना अनुसार सो अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकायलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु बन्द रहने छ ।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीका अनुसार थारू समुदायको परम्परागत संस्कृतिको जगेर्ना गरी स्थानीय कला र परम्परा प्रवर्द्धन गर्नका लागि माघीको उपलक्ष्यमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
प्रतिक्रिया दिनुहोस