पौष २८, काठमाडौँ। थप ४ सय ३० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ८ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ३ सय ९० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ३२ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस