पुस ९ गते बाग्लुङबाट पोखरा जान्छु भनेर घरबाट निस्किएका १४ वर्षिय बालक फर्किएनन् घर

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पाैष २९, बागलुङ । बागलुङ जिल्ला वडा नं ३ मिलनचोक ( सिनेमा रोड) बस्ने वर्ष १४ का रोशन वि. क नाम गरेका बालक यही पुस महिनाको ९ गतेदेखि घरबाट हराएका छन्। ९ गते बिहान घरमा आफ्ना बाबा लोकबहादुर वि. क सङ् जुत्ता किन्न भनी पैसा मागेका थिए। बुवाले पैसा नदिएपछि घरबाटै पैसा झिकेर हिँडेका थिए। आमासँग झगडा गरेर घर आउँदिन भनेर आफ्नो साइकल समेत लिएर निस्केको उनकी आमा दुर्गादेवी वि. क ले बताउनुभयो।

रोशनकी आमा दुर्गा ले छोरा रिसाएर घरबाट निस्केको छ, खाना खाने समयमा आउँछ भन्ने सोचिन्। तर छोरा आएनन्। छोरा नआएपछि आमाले खोज्दै जाँदा दिउँसो बजारमै साइकल चलाएको देख्नुभएको थियो। छोरालाई घर नजिकै देखेपछि घर आउँछ भनेर आमा दुर्गादेवी घर फर्कनु भयो। तर छोरा साँझ घर फर्केनन्।

पहिले पनि साथीको घरमा बस्ने भएका कारण राती नखोजिएको बताउनुहुन्छ, आमा दुर्गादेवी। भोलिपल्ट पनि घर नआएपछि रोशनका साथीभाइसँग बुझ्दा कसैकोमा पनि नगएको भन्ने खबर पाइएको थियो। छोरा तीन दिन सम्म पनि घर नआएपछि तेस्रो दिन पुलिसमा रिपोर्ट लेखाउन गएका थिए। जिल्ला प्रहरी कार्यालय बागलुङमा छोरा हराएको भनी रिपोर्ट लेखाएका परिवारले अहिलेसम्म छोराको खबर पाएका छैनन्।

रोशनका बुवा लोकनाथ भन्छन् पैसा हुँदासम्म बाहिर बस्ला सकिएपछि घर आउँछ भन्ने सोचेका थियौं तर हालसम्म पनि घर नाउँदा धेरै चिन्ता परेको भन्दै आफ्नो एकमात्र छोरा रोशनलाई खोजिदिन सबै मिडिया तथा पुलिस प्रशासनलाई आग्रह गर्नुभएको छ। रोशन वि. क नाम गरेका उनको अर्को नाम दीपक वि. क पनि रहेको छ। स्कुलमा बोलाउने नाम दीपक रहेको उनका बुवाले बताउनुभएको छ। उनको हातमा मोबाइल नभएको र बुझ्दै जाँदा आफूले चलाउने साइकल पनि बेचेर गएको पाइएको छ।

उनकी आमा दुर्गादेवीले दिएको जानकारी अनुसार छोरा रोशनको बानी बुझ्दा उनी अलि रिसाउने, घरमा आमा सङ् झगडा गर्ने, पैसा चोर्ने गर्ने गर्दथे। उनका साथीभाइले भने अनुसार उनी पोखरा जाने भनेर निस्किएका थिए। आफ्ना आमा बाबा पोखरा गएकाले आफुपनि पोखरा जाने भनेर निस्किएका उनका साथीले बताएका थिए।

दुई छोरी र एक छोरा रहेका दुर्गादेवी र लोकबहादुर वि. क आफ्नो छोरा खोज्दै आज बुटवल आउनुभएको छ। यदि यिनी बालक कोही कसैले देख्नु भएमा यो फोन नम्बरमा संपर्क गर्नुहोला। ९८४७७८६९२१/ ९८४२९०५०२५

प्रतिक्रिया दिनुहोस