कोभिड=१९ विरुद्धको खोप लगाउने सम्पूर्ण तयारी पूरा : मोदी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष २९, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड(१९ विरुद्धो खोप लगाउने सम्पूर्ण तयारी भइसकेको बताएका छन् । भारतमा स्वास्थ्य सेवामा निकै सुधार भएको बताउँदै प्रधानमन्त्री मोदीले बिहीबार कोरोना भाइरस खोप सबैलाई उपलब्ध गराउन देशभरि तयार भइसकेको बताएका छन् ।

भिडिओ कन्फरेन्समार्फत गुजरातको राजकोटमा नयाँ अखिल भारतीय मेडिकल साइन्सेज् (एम्स) को शिलान्यास गर्दै प्रधानमन्त्री मोदीले भने, “२०२० मा कोभिड-१९ महामारीको कारण सबै पक्षबाट विभिन्‍न प्रश्‍नहरु उठेका थिए । तर, सन् २०२१ मा खोपको विकासले नयाँ आशा जगाएको छ ।”

उनले कोरोना महामारीविरुद्धको संक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको छ । प्रधानमन्त्रीले मोदीले भने, “भारतले हरेक संकटलाई एकबद्ध भएर लडेको छ । यस्तो संकटको समयमा एक-अर्कालाई सहयोग गरिरहेको छ ।”

“एक अर्बभन्दा बढी जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ । एक करोडभन्दा बढी मानिसहरूले महामारी लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्युन छ,” उनले भने ।

उनले भारतमा संक्रमणको संख्या घट्दै गएको बताएका छन् । ुस्वास्थ्य भनेको धन होु भन्‍ने औंल्याउँदै मोदीले भने, “यस वर्षले हामीलाई यो अधिकतम सिकायो । जब स्वास्थ्यमा कुनै आक्रमण हुन्छ । त्यसले परिवारलाई असर गर्छ र सम्पूर्ण समाज यसको नियन्त्रणमा आउँछ ।”

“कर्तव्य पालनाका क्रममा महत्वपूर्ण योगदान गर्ने फ्रन्टलाइनमा काम गर्ने योद्धाहरूलाई श्रद्धाञ्‍जलि अर्पण गर्दछु,” प्रधानमन्त्री मोदीले भने, “उनले मुलुकले कोभिड-१९ विरुद्धको लडाईंमा संलग्न वैज्ञानिकहरू, कामदारहरू, डाक्टर र अथक प्रयास गर्नेहरूलाई पनि श्रद्धाञ्‍जली अर्पण गर्दछु ।”

प्रतिक्रिया दिनुहोस