बाबुले घरमा आगो लगाइदिए, दुई छोराको जलेर मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २९, कालिकोट। कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस