पुष २९, अर्घाखाँची। अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नम्बर -१४ सिमलपानीमा यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटना परी चालक सहित १२ जना घाइते भएको प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु१ख ७८१४ नम्वरको बस शितगंगा १४ छन्त्यालरुखमा बस दुर्घटना भएको हो । दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ ।
घाइते ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको पठाइइको छ ।
प्रतिक्रिया दिनुहोस