काठमाडौँ, २९ पौष । थप ४ सय ४५ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ३४ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ४ सय १४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ३९ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस