पौष २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समुहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ । ओली समूहले आज (बुधवार) निर्वाचन आयोगलाई जवाफ पठाएको हो ।
नेकपा महासचिव विष्णु पौडेल, मृहमन्त्री रामबहादुर थापा (बादल), पुर्व सभामुख सुवास नेङ्वाङ, शहरी विकास राज्यमन्त्री रामविर मानन्धर लगायतको टोलीले आज निर्वाचन आयोगमा पत्र बुझाएका हुन । निर्वाचन आयोगलाई जवाफ दिन नेता कार्यकर्ताको बाक्लै उपस्थिती रहेको थियो ।
आजै प्रचण्ड–माधव समूहले पनि निर्वाचन आयोगलाई जवाफ पठाएको छ । दुवै समूहबाट पत्र प्राप्त भएको पत्रमा के छ भनेर खुलाइएको छैन । निर्वाचन आयोगले गत पुस २३ गते दुवै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न बताएको थियो ।
हेर्नुहोस भिडीयो
प्रतिक्रिया दिनुहोस