जन्ती बोकेको जीप दुर्घटना, १३ जना घाइते

Khabar24Nepal Author Logo..
अजय खड्का पढ्न लाग्ने समय : १ मिनेट

माघ ०१, गुल्मी । गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजा जिल्लाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको हो ।

डिएसपी पाण्डेका अनुसार जीप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जनामध्ये १३ जना घाईते भएका छन । घाइतेहरुको स्थानिय मेडिकल स्याङ्जाको मिर्मीमा उपचार भई रहेको छ । दुर्घटनामा जिल्लाको कालिगन्डकी गाँउपालिका वडानम्बर–२ अर्बेनी बस्नेहरु बर्ष ६० का ओमप्रसाद पान्डे, बर्ष ५५ का सोभाखर पाण्ड, बर्ष ५० को शिबलाल पाण्डे, बर्ष १४ की हीरा पाण्डे, बर्ष ५ का श्रीस पाण्डे, बर्ष २८ का गोबिन्द पाण्डे, बर्ष २५ का )दुलाहा) कृष्ण पान्डे, बर्ष २० का नबिन पाण्डे, बर्ष २४ को हिमाल पाण्डे, बर्ष १६ का बिष्णु पाण्डे, बर्ष २६ की तुल्सा पाण्डे, बर्ष ५५ का खीमानन्द पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चालक स्याङ्जा कालिगन्डकी गाउँपालिका वडानम्बर–४ बस्ने बर्ष २८ का राजन पान्डे नियन्त्रणमा लिएको डिएसपी पाण्डेले बताउनु भयो । घाइतेहरुको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस