थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या दुईलाख ६६ हजार ५४६

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । योसगैं हालसम्म दुईलाख ६६ हजार ५४६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६६ हजार ५४६ जना भाइरसबाट सङ्क्रमित भएको जनाएके छ । यसैगरी हालसम्म दुई लाख ६० हजार १७७ जना सङ्क्रमित निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस