माघ १, गोरखा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गोरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट पर्वतमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङका अनुसार काँग्रेसका सभापति देउवा सवार कैलाश एयरको हेलिकप्टर मध्याह्न करिब १२ः४५ बजे आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको हो । आकस्मिक अवतरण गरिएको हेलिकप्टर करीब ३५ मिनेट आँपपीपलमै रोकिएको प्रहरी उपरीक्षक गुरुङले बताउनु भयो ।
मौसममा सुधार आएलगत्तै हेलिकप्टर १ः२० बजे गोरखाबाट फेरि पर्वततर्फ उडेको थियो । बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अवतरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस