क्यान्सरबाट डिएसपी केसीको निधन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । पेटको क्यान्सरबाट पिडीत उनको बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

पेटको क्यान्सरबाट पिडीत केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना भएका थिए । केही समयअघि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भएका बाग्लुङका स्थानिय केसी खानेपानी बोर्डमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस