बि.बि.सी. फिल्मस्को निर्माणमा कत्ति राम्री म्युजिक भिडियो सार्बजनिक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौं ।  बि.बि.सी.फिल्मस् को निर्माणमा कत्ति राम्री म्युजिक भिडियो सार्बजनिक भएको छ। बि.बि.सी. फिल्मस् को निर्माणमा “कत्ति राम्री” बोलको गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको हो।

उक्त गीतमा दिपा तामाङ र अम्बर भोलन’को सुमधुर स्वर रहेको छ । यस गीतको शब्द ‘बिष्णु पोल्वाङ्छा चाम्लिङ राई’ को रहेको छ भने सङ्गीत आसुतोष राईको र एरेन्ज दिनेश न्यौपानेले गरेका हुन । रेकर्डिष्ट अजय सिंह कार्की र मिक्स र मास्टरिङ्ग चन्द्र चौधरी र प्रकाश मिश्रले गरेका हुन् । यस गीत अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा तयार भएको हो । गीतको म्युजिक भिडियोमा समिर थोकर र हरिमाया थिङ्ग्को अभिनय रहेको छ । यस म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् र सम्पादन राजेश कुमारको रहेको छ ।

म्युजिक भिडियोलाई हिमाल सागर हिङमाङ निर्देशन गरेका हुन् । गीतलाई बि।बि।सी।फिल्मस् को आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस