माघ ४, सप्तरी। सप्तरीमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान खड्क नगरपालिका-८ गिरधारी राइस मिल नजिक स१त २५१२ नम्बरको रोकिराखेको ट्याक्टरमा मे१ज २४५२ नम्बरको सुमो गाडी ठोकिँदा सुमोमा सवार अन्धाजी २५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
मृतकको नाम, थर र वतन भने नखुलेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सगरमाथा अञ्चल अस्पताल राजबिराजमा मृत्यु भएको हो । दुर्घटनामा सुमोका चालक पाँचथर फिदिम नगरपालिका-३ का ३४ वर्षीय टेकबहादुर दर्जी घाइते छन् । उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भैरहेको छ । सुमो, ट्याक्टर र त्यसका चालक प्रहरीको नियन्त्रणमा छन् ।
प्रतिक्रिया दिनुहोस