कलंकीबाट एक जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौँ। प्रहरीले महिलाको सुनको सिक्री लुटेर भाग्दै गर्दा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख मिठ्ठु खड्काको नेतृत्वको टोलीले एक महिलाको डेड तोलाको सुनको सिक्रि लुटेर भाग्ने एक युवकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चितवनकि मिरा रानाभाट कलंकीमा हिड्दै ग गर्दा उनले लगायको सुनको सिक्रि लुटेराले तानेर फरार भएका थिए । कंलकी प्रहरीलाई महिलाको सुनको सिक्रि लुटपाट भयो भने सुचना प्राप्त गर्न साथ केही घटमै प्रहरीले सनको सिक्रि लुटेर भाग्दै गर्दा सिन्धुपाल्चोक सुनकोसि घर भई हाल ललितपुर बस्ने सुभाष तामाङलाई पक्राउ गरेको बताएको छ ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त कालिमाटी पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस