माधव नेपाललाई शंकर पोखरेलको प्रश्न: एमालेका झण्डै ५०० कार्यकर्ताको हत्या पनि सहकार्यमै भएको हो ?’

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौँ। नेकपा स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रचण्डसँग सुरुदेखि सहकार्य गरेको बारे गम्भीर प्रश्न उठाएका छन् ।

माओवादी सशस्त्र द्वन्द्वका बेला करिब १४ वर्ष महासचिव र आठ वर्ष तत्कालीन नेकपा एमालेका पार्टी प्रमुख रहेका नेपालको भनाइबारे पोखरेलले प्रश्न गरेका छन्, ‘त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ? ‘

‘माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतम् लगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो’, पोखरेलले भनेका छन्, ‘तर आज तपाईं कमरेड प्रचण्डसँग सुरुदेखिनै सहकार्यमा रहेको दावीगर्दै हुनुहुन्छ । शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड !’

पोखरेलको सुझाव छ, ‘विधि र पद्धतिमा जोड दिने तपाईले अहिले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरीत नबोलेको भए हुन्थ्यो ।’

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘शान्तिप्रकृयामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौ । त्यो भन्दा पहिले लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?

प्रतिक्रिया दिनुहोस