राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितल निवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा पछिल्लो समयसामयिक परिस्थितीका बारेमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस