हत्या गरिएको अवस्थामा एक जनाको शव फेला

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौँ। बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । सहायक सूचकको रुपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार सूर्यगाउँका स्थानीयले गत शुक्रबार करिब १०ः१५ बजेको समयमा खेतबारीमा एक पुरुषको शव फेला परेको हो । सुरुमा मृतकको पहिचान हुन नसके पनि अनुसन्धानको क्रममा अनुसन्धान विभाग बाँकेमा कार्यरत थापाको भन्ने खुलेको जनाइएको छ ।

उक्त शव उनको घरभन्दा करिब साढे २ किलोमिटर परको खेतमा फेला परेको थियो । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिन्छ । टाउकोमा लागेको चोटका कारण नै उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस