हेटौँडा-कुलेखानी हुँदै काठमाडौं जाने सडक २ महिना बन्द

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, हेटौंडा । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं जाने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी-कुलेखानी सडकखण्ड भोलिदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो ।

हाल उक्त सडकखण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाका अनुसार निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक हुन लागेको हो । भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डौ आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस