महान्यायाधिवक्ता खरेलद्वारा संसद विघटनको सूचना प्रकाशित भएको राजपत्र सर्वोच्चमा पेश

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 माघ ९, काठमाडौँ। सर्वोच्च अदालतमा विचाराधीन रहेको संसद विघटनसम्बन्धी मुद्दामा प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै इजलासमै प्रश्न उठेपछि त्यसको जवाफ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले दिनुभएको छ । उहाँले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन भएको सूचना प्रकाशित भएको राजपत्र पेश गर्नुभएको छ ।

संवैधानिक इजलास जारी उक्त मुद्दामाथिको सुनुवाइका क्रममा बिहीबार वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसद विघटन भएको सूचना राजपत्रमा प्रकाशित छ कि छैनरु भनेर प्रश्न उठाउनुभएको थियो । त्यसको जवाफस्वरूप महान्यायाधिवक्ता खरेलले शुक्रबार उक्त राजपत्र इजलाससामु पेश गर्नुभएको हो ।

नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्षसमेत रहनुभएका अधिवक्ता भट्टराईले बिहीबार बहसका क्रममा संसद विघटनको सूचना राजपत्रमा प्रकाशित समेत नभएको देखिएको भन्दै प्रधानमन्त्रीको उक्त कदम अवैध ठहर हुने तर्क गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस