ओलीले संविधान र शान्ति प्रकृयालाई नै विघटन गर्न खोजे : प्रचण्ड

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीले संविधान र शान्ति प्रकृयालाई नै विघटन गर्न खोजेको आरोप लगाएका छन । नेकपाले शुक्रबार राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामात्र नभई यो संविधान र शान्ति प्रकृयालाई नै विघटन गर्न खोजेको प्रस्ट पारे ।

प्रधानमन्त्री ओलीलाई ‘उल्टो खोपडीको मान्छे’ संज्ञा दिँदै प्रचण्डले भने, ‘संविधान आइसियुमा छ, मर्ने हो कि बाँच्ने हो भन्ने अवस्था छ, ओली हाँस्ने र हसाउँने काममा हुनुहुन्छ’ भन्दै ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्ने काम भयो भने देश बर्बादीतर्फ जाने बताउनु भयो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि वाम गठबन्धन बनाएर झण्डै दुई तिहाई बहुमत हासिल गरेपछि देशको आर्थिक विकासमा केन्द्रित हुने गरी पार्टी एकता गरिएको बताउनु भयो । यस अवधिमा आफूहरुले केपी ओलीका गलत कृयाकलाप र स्वेच्छाचारी प्रवृत्तिलाई रोक्न नसकिएको बताउनु भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र मान्दिन, संघीयता मान्दिनँ भन्ने प्रवृत्ति ओलीमा देखिएको उल्लेख गर्दै उहाँले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएको बताृनु भयो । परिवर्तनकारी शक्तिहरु मिलेर प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने बेला आएको बताउदैं उहाँले नेपाली जनताले तानाशाहलाई घुँडा टेकाएर फुटबल खेल्न सक्छन्, राजा महाराजाका श्रीपेच झिकेर लात्ताले हान्न सक्छन् भन्ने प्रमाणित भइसकेको बताउनु भयो ।

उनले कुर्सी पाउनका लागि केपी ओलीले जस्तोसूकै सहमति गर्ने तर कार्यान्वयनमा जहिले पनि धोका दिने गरेको उनले बताउनु भयो उहाँले राजावादीसँग मिलेर वा दक्षिणपन्थीसँग मिलेर प्रचण्डलाई सिध्याउने नै केपी ओलीको एकमात्र मिसन रहेको उनले प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस