नक्कली लाइसेन्स बनाउने ७ जना पक्राउ

Khabar24Nepal Author Logo..
महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, बाँके। नेपालगन्जमा नक्कली लाइसेन्स बनाउने एक व्यापारी सहित ७ जना पक्राउ परेका छन् । त्रिभुवनचोकमा रहेको पुरानो टाङ्गा स्टेशनस्थित फेवा फोटोकपी तथा मोबाइल रिपेयरिङ सेन्टरमा प्रहरीले छापा मारेर नक्कली लाइसेन्स बनाउने पसल सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

पसल सञ्चालकले स्मार्ट ड्राइभिङ लाइसेन्स प्रतिव्यक्ति ५ हजारा रुपैयाँ लिएर बनाउँदै आएको खुलासा भएको छ । लाइसेन्स चेकका क्रममा आशंका लागेपछि नक्कली लाइसेन्सधारी एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा वडा प्रहरी कार्यालयको टोलीलाई ती व्यक्तिले उक्त पसलबाट लाइसेन्स लिएको बताएपछि सञ्चालक पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस