पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग ओलीको छलफल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँग छलफल गर्नुभएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’ भेटमा सहभागी लेनिन विष्टका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएका छन् । उनले अघि भने, ‘धेरै विषय बाहिर नभन्ने भनिएको छ । तर हामी पार्टीमा उहाँलाई साथ दिन सहमत भएका छौं ।’

प्रतिक्रिया दिनुहोस